Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार सोमनाथ सापकोटा ६ हजार ६ सय ६८ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कृष्णहरी सापकोटाले ५ हजार ५ सय ८७ मत पाउनुभयो । एमालेको उपमेयरमाकी उम्मेदवार कमला शर्मा ६ हजार ६ सय ७ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटाले भने ५ हजार ७ सय १६ मत पाउनुभयो ।

यस्तै, गुल्मीकै छत्रकोट गाउँपालिकाको अध्यक्ष एमालेका मधुकृष्ण पन्थ विजयी हुनुभएको छ । उहाँले ५ हजार ५ सय ५१ मत पाउनुभयो भने उहाँका प्रतिद्धन्द्धी काँग्रेस माओवादी गठबन्धनका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि एमालेकी नर्मदा भण्डारी ५ हजार ४ सय ७६ मतसहित विजयी हुनभयो । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद पाण्डले ४ हजार ७ सय २६ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया