Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चा चौथो ठूलो शक्तिका रुपमा उदाएको छ । पहिलो चरणको निर्वाचन परिणामसहितलाई जोड्दा हालसम्म जनमोर्चाले ३ स्थानमा जित हात पारेको छ ।पहिलो चरणको निर्वाचनमा १ स्थानीय तह जितेको जनमोर्चाले दोस्रो चरणको जारी मतपरिणाम अनुसार २ स्थानीय तहमा विजय हासिल गरिसकेको छ ।

पहिलो चरणको निर्वाचनमा जनमोर्चाले बाग्लुङको वरेङ गाउँपालिका जितेको थियो । उक्त गाउँपालिकाबाट जनमोर्चाका गाउँपालिका प्रमुखले ३ हजार ३४ मतसहित चुनाव जितेका थिए । दोस्रो चरणको जारी मतगणना परिणाम अनुसार, जनमोर्चाले २ स्थानीय तहमा जित हासिल गरिसकेको छ । जनमोर्चाले प्युठानको झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका जितेको छ ।

हालसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पहिलो चरणको निर्वाचनमा एक स्थानमा जितेको छ ।

राप्रपा, संघीय समाजवादी फोरम नेपालले एक स्थान र नयाँ शक्ति नेपालले पनि एक स्थानमा जित हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया