Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ । अध्यक्षमा इश्त्यिाक अहमद साहले चार हजार ८० मत प्राप्त गरी विजयी हुनुभएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेका रामचन्द्र मौर्यले तीन हजार ३८८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका जयन्तीदेवी श्रीवास्तवले तीन हजार ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अतिकुन निशा २ हजार ५९८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले राससलाई बताउनुभयो ।

उहाँका अनुसार ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ४ को वडाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल र वडा नं. ३, ५ र ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपालगन्ज -३ मा माओवादी केन्द्र र ४ मा राप्रपा विजयी

प्राप्त पछिल्लो मतपरिणाम अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ को वडाध्यक्षमा माओवादी केन्द्रका अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नं. ४ को वडाध्यक्षमा राप्रपाका सफिफ बेहनाले ६९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतबहादुर गुरुङले ५२४ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा धवल शम्शेर राणाले तीन हजार ८०१ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका डा सुरेशकुमार कानोडियाले दुई हजार ९०५ मत ल्याएर पछयाइरहेको छ ।

तपाईको प्रतिक्रिया