Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका तहमध्ये एकमात्र विराटनगर महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ । पछिल्लो मत परिणाम अनुसार चर्चामा रहेको महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ ।

ताजा मतपरिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ । विराटनगर महानगरपालिकामा काँग्रेसका भीम पुराजुलीलाई १७४५ मत आएकोछ । एमालेका विनोद ढकाललाई १२३६ मत परेकोछ ।

सात उपमहानगरपालिका मध्ये ३ मा कांग्रेस र ३ वटामै एमाले अगाडि देखिएको छ भने एकमा राप्रपाको अग्रता रहेको छ । दाङका दुई उपमहानगरपालिका र पाँच नम्वर प्रदेशमा रहेको बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता छ । घोराही उपमहानगरपालिकामा भूपबहादुर काँग्रेसका डाँगीलाई ५१०७ मत र एमालेका नरुलाल चौधरीलाई ७१०७ मत परेको छ । बुटवल उपमहानगरपालिकामा काँग्रेसका खेलराज पाण्डेलाई ४७०७ मत र एमालेका शिवराज सुवेदी लाई ४९१८ मत प्राप्त भएको छ ।

यता नेपाली कांग्रेसले तुल्सीपुर, इटहरी र धनगढीसहित ३ उपमहानगरपालिकामा अग्रता लिएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा काँग्रेसका गेहेन्द्र गिरीलाई ३२०० मत, एमालेका घनश्याम पाण्डेलाई ३६८४ मत प्राप्त भएको छ । उता पूर्वी नेपालको इटहरी उपमहानगरपालिकामा काँग्रेसको अग्रता छ, जहाँ रोहित प्रसाईंलाई ३१९३ र एमालेका द्धारीकालाल चौधरीलाई २८९३ मत प्राप्त भएको छ । धनगढी उपमहानगरपालिकामा काँग्रेस अग्रता छ । काँग्रेसका नृप बडलाई २२६६ मत, एमालेका दूर्गा जोशी लाई १९९७ मत र गोपाल हमाल स्वतन्त्रलाइ १८३५ मत प्राप्त भएको छ ।

नेपालगंज उपमहानगरपालिका काँग्रेस एमालेलाई पछि पार्दे राप्रपा अगाडि छ । जहाँ डा. काँग्रेसका सुरेन्द्र कुमार कनौडियालाई १९०४, डा।धवल शमसेर राणा राप्रपालाई ३५४७, माओवादीका दामोदर आचार्यलाई १२२४ र एमालेलाई १७१९ मत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया