Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौँ – दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रता कायमै राखेको छ। बिहान करिव १० बजेसम्म ८६ स्थानको नतिजा आउँदा एमालेले अग्रता कायमै राखेको छ।

एमालेले नगर र गाउँपालिका गरी ३९ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले २९ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्रले १६ गाउँपालिकामा विजयी भएको छ। रुकुममा माओवादीले ‘क्लिनस्विप’ गरेको छ।

राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले १–१ स्थानमा जित हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया