Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा मतगणना शुरु भएको छ । बिहीबार बिहानदेखि सुरु मतगणनामा लेकम गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा एमालेका उम्मेदवार परमानन्द जोशीले ४ सय ३३ मत ल्याउनु भएको छ । माओवादी केन्द्रका रामदत्त जोशीले २ सय ८९ र नेपाली कांग्रेसका उत्तम नाथले २ सय ८६ मत ल्याउनु भएको छ ।

यस्तै मार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जमनसिंह धामीले १ सय ७२ मत ल्याउनु भएको छ । एमालेका देवसिंह महरले १ सय ५३ र कांग्रेसका गोपालदत्त जोशीले ७५ मत ल्याउनु भएको छ ।

शैलेशिखर नगरपालिका र अन्य चार ओटा गाउँपालिकामा मतगणनाको तयारी भइरहेको छ । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ को ठाङरु र पिङ्कर मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया