Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दाङ –  दाङको राजपुर गाउँपालिकाको वडा नम्बर एकमा मत गणना भई रहेको छ । प्रारम्भीक मत परिणम अनुसार वडा नम्बर एकमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार श्याम बहादुर झाँक्रीले १ सय ६५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका लोकराज केसीले १ सय १२ मत ल्याउनुभएको छ । एमालेका कुलराज केसीले भने ७० मत ल्याउनुभएको छ ।

त्यस्तेै उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार पुष्पा यादवले १ सय ६५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका उपध्यक्ष उम्मेद्वार धनपती यादवले १ सय १३ मत ल्याउनुभएको छ ।

एमालेका उपाध्यक्ष उम्मेद्वार सीता यादवले ६५ मत ल्याउनुभएको छ ।  दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङका अन्य स्थानीय तहमा पनि मत गणना भई रहेको छ ।

तपाईको प्रतिक्रिया