Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

पाँचथर – पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएकोमा प्रारम्भीक नतिजा आउँदासम्म गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको हो ।

दुई सय ५४ मत गन्दासम्म कांग्रेस उम्मेदवार होम थापाले एक सय मत ल्याउनुभएको छ । यो गाउँपालिकामा माओवादी केन्द्र र एमालेले तालमेल गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका देवेन्द्र खत्रीले ७० मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेकी धन सावाले ९९ मत ल्याउनुभएको छ । कांग्रेसले राप्रपासँग गठबन्ध गरेकाले उपाध्यक्षमा राप्रपाका उम्मेदवार घलेन्द्र कुरुङवाङले ६२ मत ल्याउनुभएको छ । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।

वडाध्यक्षमा भने एमालले अग्रता लिएको छ । पाँचथरका एक नगरपालिका र सात गाउँपालिकासहित ८ स्थानीय तह छ ।

तपाईको प्रतिक्रिया