Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं  – प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा अहिले मतदान भइरहेको छ ।

तीन प्रदेशमा रहेका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिकामा रहेका कुल २ हजार ८ सय ७४ वडामा अहिले १५ हजार ३८ प्रतितिधिका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्रमार्फत कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदान गर्दैछन् । विभिन्न राजनितीक दल तथा स्वतन्त्र रुपमा ६२ हजार ४०८ जनाले उम्मेदवारी दिएका छन् ।

कुन प्रदेशमा कति जिल्ला, कति स्थानीय तह र मतदाता सम्पूर्ण विवरण सहित

  • प्रदेश १

  • जिल्ला: १४
  • कुल स्थानीय तह: १३७
  • महानगर: १
  • उपमहानगर: २
  • नगरपालिका: ४६
  • गाउँपालिका: ८८
  • कुल वडा संख्या: ११५७
  • मतदान स्थल: १८६१
  • मतदान केन्द्र:३४५९
  • मतदाता संख्या: २६,७४,५६३
  • प्रदेश ५

  • जिल्ला: १२ (रुकुम र नवलपरासीका केही भाग)
  • कुल स्थानीय तह: १०९
  • उपमहानगर: ४
  • नगरपालिका: ३२
  • गाउँपालिका: ७३
  • कुल वडा संख्या: ९८३
  • मतदान स्थल: १६१२
  • मतदान केन्द्र:३१२५
  • मतदाता संख्या: २४,५४,४८८
  • प्रदेश ७

  • जिल्ला: १९
  • कुल स्थानीय तह:८८
  • उपमहानगर: १
  • नगरपालिका: ३३
  • गाउँपालिका: ५४
  • कुल वडा संख्या: ७३४
  • मतदान स्थल: ११०८
  • मतदान केन्द्र: १७८०
  • मतदाता संख्या: १३,०३,७१४
तपाईको प्रतिक्रिया