Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ  – श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे हिजो शनिबार निजी भ्रमणका लागि नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार उनी शनिबार काठमाडौँ अवतरण गरी लुम्बिनी प्रस्थान गरेका छन्। नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटघाट गर्ने कार्यक्रम छ। भ्रमण पूरा गरी उनी पुस १७ गते स्वदेश फर्कनेछन्।

नेपाल र श्रीलङ्काबीच सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीच आवासीय दूतावास पनि छन्। यी देशहरू सार्क र बिम्स्टेकका संस्थापक सदस्य हुन् र संयुक्त राष्ट्रसङ्घ, असङ्लग्न आन्दोलन तथा विश्व व्यापार सङ्गठन जस्ता मञ्चमा साझा धारणासहित प्रस्तुत हुने गरेका छन्।

लुम्बिनी, बुद्धको जन्मस्थल, बौद्ध तीर्थयात्रीहरूको लागि प्रमुख गन्तव्य हो। श्रीलङ्काका नागरिकहरूको लुम्बिनीमा लगातार उपस्थिति रहेको छ। श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ बनाएको छ र यसलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालका प्रयासहरूमा सहयोग गर्दै आइरहेको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया