Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

टोकियो – जापानका अधिकांश कन्भियन्स स्टोरहरुमा ठूलो संख्याका बिदेशी बिद्यार्थीहरु पार्टटाईम कामदारकारुपमा कार्यरत छन् । यसै बिच कन्भिनियन्स स्टोरमा काम गर्ने बिदेशी बिद्यार्थीहरु छनौट गर्ने उदेश्यले हालै टोकियोको एक सेन्मोन गाक्को अर्थात भोकेशनल स्कुलले कन्भिनियन्स स्टोरका सञ्चालक कम्पनीसंगको संयुक्त आयोजनामा एक सेमिनारको आयोजना गरेको छ ।

कन्भिनियन्स ब्यवसायमा फ्राञ्चाइजको रुपमा रहेका स्टोरहरुको कामदार अभावलाई सहयोग गर्ने उद्देश्यले तोसिमा-कु स्थित एक सेन्मोन गाक्कोमा सो सेमिनारको आयोजना गरिएको हो । गत ३० मे का दिन आयोजना गरिएको सो सेमिनारमा म्यानमार र भियतनामी गरी करिब २० जना बिद्यार्थीहरु सहभागी भएको एनएचके टिभीले जनाएको छ । जहाँ कन्भिनियन्स स्टोरको तर्फबाट कामको बारेमा बिस्तृत जानकारी गराईएको थियो । सो कन्भिनियन्स कम्पनीले आफ्नो मातहतमा रहेका जापानभरीका करिब १२ हजार स्टोरहरुमा गरेको सर्बेक्षणमा ८० प्रतिशतले कामदारको अभाव रहेको बताएका थिए ।

अर्कोतर्फ टोकियोमा २४ वटा कन्भिनियन्स स्टोर सञ्चालन गर्दै आएका सञ्चालकले बिदेशी बिद्यार्थी बिनाको कन्भिनियन्स स्टोरको सञ्चालन कल्पना गर्नै नसकिने प्रतिक्रिया दिएका छन् । त्यसैले भाषा तथा सँस्कृति फरक भएको कारण काम सिकाउन केहि समय लाग्ने भए पनि आगामी दिनमा अझ बढि बिदेशी बिद्यार्थीहरुलाई काम दिने सोच बनाएको उनले बताए । यस पटक सेमिनार आयोजना गरेको फ्यामिली मार्टका बजार प्रवर्धन अधिकारी उएनो दाइसुकेले फ्यामिली मार्टमा पनि कामदारको ठूलो अभाव खडि्कएकोले आगामी दिनमा पनि बिदेशी बिद्यार्थीहरुलाई कामदारको रुपमा बढि भन्दा बढि भर्ना गर्ने रणनीति लिएको खुलासा गरे । पछिल्लो समयमा कन्भिनियन्स स्टोरमा पार्टटाइम तथा फुलटाइम कामदारको रुपमा काम गर्ने नेपाली बिद्यार्थीहरु पनि बृद्धि भईरहेको पाईन्छ ।***

तपाईको प्रतिक्रिया