Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

टोकियो – नेपाली साझा समाज जापानको तेश्रो अधिवेशन आगामी महिनाको ९ तारिखका दिन गुन्माकेनको ओईजुमी माचीस्थित कोउमिनखानमा हुने भएको छ ।

अधिवेशनले तेश्रो कार्यालयका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्ने भएको छ । साझा समाज जापान सन् २०१३ अगस्त महिनामा स्थापना भएको हो ।

बुद्धि शेरचनको अध्यक्षतामा रहेको समाजको वर्तमान कार्यसमितिमा २३ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति रहेको छ । स्थापनाको छोटो अवधिमै विभिन्न सामाजिक तथा मानवीय कार्यहरु गरी नेपाली समुदायमाझ आफ्नो छुट्टै चिनारी बनाईसकेको यस समाजको आसन्न अधिवेशनलाई लिएर खास गरी गुन्मा केन र यस वरिपरिका क्षेत्रका नेपाली माझ निकै उत्साह बढेको छ ।

उक्त दिनको अपरान्ह १ बजेबाट हुने सो अधिवेशनमा उपस्थिति भईदिन समाजको तर्फबाट अध्यक्ष शेरचनले जापानबासी नेपालीहरूमा अपील गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया