Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – एनआरएन जापानको सदस्यता लिने र नविकरण गर्ने समयसीमा चार दिन थप गरिएको छ ।

जापानबासी नेपालीहरुको मागलाई ध्यानमा राख्दै चार दिन समयसीमा थप गरिएको एनआरएन जापानका अध्यक्ष सुदन थापाले बिज्ञप्तीमार्फत जानकारी गराउनुभएको छ ।

मे ३१ बुधबारसम्म अन्तिम मिति तोकिएकोमा जापानबासी नेपालीहरुको चाहनालाई ध्यानमा राख्दै चार दिन थप गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

थपिएको समयसीमा अनुसार जुन ४ तारिख आइतवार राती १२ बजेसम्म सदस्यता लिने र नविकरण गर्न सकिने बताईएको छ ।

एनआरएन जापानको बुधबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।***

तपाईको प्रतिक्रिया