Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनमा एक महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेकाछन् । कालिका नगरपालिका बाहेक ६ वटा क्षेत्रमा मतगणना भइरहेको छ । ६ वटै क्षेत्रमा एमाले अगाडि देखिएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । १२७५ मत गणना गर्दा ताजा मतणना विवरण अनुसार मेयरमा (एमाले) देवी ज्ञवाली ६३४ मतका साथ अगाडि रहेका छन् ।

मेयर

(एमाले) देवी ज्ञवालीः ६३४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५००

उपमेयर

(माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः ५५२
(एमाले) दिव्या शर्मा आचार्यः ४५६

रत्ननगर नगरपालिकामा खसेको मत संख्या ३४ हजार ६ सय ६५ हो । मेयरमा एमालेका नारायण वन ७७० मतसहित अघि रहेका छन् ।

मेयर

(एमाले) नारायण वनः ७७०
(कांग्रेस) रुपनराज घिमिरेः ७५८
(माओवादी) पूर्णबहादुर अम्गाईः ४४६

उपमेयर

(कांग्रेस) नीता ढकालः ७४३
(एमाले) विमला दुवाडीः ७२३
(माओवादी) संगीता भट्टराईः ४२३

खैरहनी नगरपालिकामा एमालेकै अग्रता देखिएको छ । खैरहनी नगरपालिकामा २६ हजार ३ सय ३९ मत खसेको थियो ।

मेयर

(एमाले) लालमणि चौधरीः ६५३
(माओवादी केन्द्र) एक राज डल्लाकोटीः ५८१
(कांग्रेस) राजेन्द्र चौधरीः ४७१

उपमेयर

(एमाले) सुनिता थपलियाः ७६१
(कांग्रेस) सुशीला उप्रेतीः ५२५
(माओवादी केन्द्र) रेवती उप्रेतीः ३४८

राप्ती नगरपालिकामा पनि एमालेकै अग्रता रहेको छ । राप्ती नगरपालिकामा २३ हजार २ सय ३२ मत खसेको थियो ।

मेयर

(एमाले) प्रभा बरालः १४३२

(कांग्रेस) किरण भुषण ओलीः ९१२

(माओवादी केन्द्र) रामचन्द्र पाठकः २२५

उपमेयर

(एमाले) इमान सिं लामाः ७६१
(कांग्रेस) अनिता मैनालीः ५२५
(माओवादी केन्द्र) कल्पना मोक्तानः ३४८

चितवनको माडी नगरपालिकामा एमालेकै अग्रता देखिएको छ । माडी नगरपालिकामा १६ हजार ३ सय ७१ मत खसेको थियो ।

मेयर

(एमाले) नारदमणी पौडेलः १०३८
(माओवादी केन्द्र) ठाकुर ढकालः ४३०
(कांग्रेस) खेम महतोः २७१

उपमेयर

(एमाले) ताराकाजी महतोः ९२४
(माओवादी केन्द्र) सरिता महतोः ४१९
(कांग्रेस) शिवमाया भट्टराईः ३०८

चितवनको इच्छाकामना गाउँपालिकामा पनि एमालेकै अग्रता रहेको छ । इच्छाकामना गाउँपालिकामा ८ हजार ८ सय ९२ मत खसेको थियो ।

अध्यक्ष

(एमाले) नारायणप्रसाद अधिकारीः ८६८
(माओवादी केन्द्र) प्रताप गुरुङः ६२६
(कांग्रेस) गीता कुमारी गुरुङः ४९४

उपाध्यक्ष

(एमाले) जुनाराज भण्डारीः ८७६
(माओवादी केन्द्र) सावित्रा शिलवालः ६१७
(कांग्रेस) कृति कुमार श्रेष्ठः ४९२

तपाईको प्रतिक्रिया