Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सिन्धुली – सिन्धुलीका ५ वटा वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । सिन्धुुली कमलामाई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रसका उम्मेद्वार महेश खतिवडा ९१५ मतसहित विजयी हुनुभएको छ ।

दुधौली नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका गोविन्द पहाडी ९५०, गोलन्जोर गाउँपालिकाको वडा नम्बर २ मादौलत कार्की ४७७, वडा नम्बर ३ मा पुस्कर बराल ४४२, र फिकल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा चेतबहादुर बिकले ६०० मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै एमालेले प्यानलसहित दुई ठाउँमा जितेको छ । सिन्धुली तीनपाटन गाउँपालिकाको वडा नम्बर १ मा गोविन्द राउत र गोलन्जोर गाउँपालिका वडा नम्बर ४ का वेगबहादुर मगसहित प्यानल विजयी भएको हो ।

तपाईको प्रतिक्रिया