Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रसुवा  – रसुवाको गोसाइकुण्ड गाउँपालिकाको ६ वटा वडामध्ये दुई वटामा नेकपा एमाले र दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गोसाइकुण्डमा कांग्रेस पहिलो, एमाले दोस्रो र नयाँ शक्ति तेसो स्थानमा रहेको छ ।

गोसाइकुण्ड–१ मा नेकपा एमाले विजयी भएको छ । २९२ मत ल्याएर फुर्पु सोनाम तामाङ वडाअध्यक्षमा विजयी हुनुभएको छ । महिला सदस्यमा २३२ मत ल्याएर पेम्पा लामु तामाङ, खुल्ला सदस्यमा २१७ मतका साथ ग्याल्डुप तामाङ र नेपाली कांग्रेसका बुद्धि तामाङ १९६ मत ल्याएर विजयी हुनुभएको छ ।

गोसाइकुण्ड–२ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । दावा दिण्डुप तामाङले १८३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । महिला सदस्यमा १७४ मत ल्याएर पेम्पा जाङ्मु घले, खुल्ला सदस्यमा १६८ मतका साथ सुनम साङ्वो नगरकोटी र सुनुवाङ्दी तामाङ १७६ मत ल्याएर विजयी हुनुभएको छ ।

गोसाइकुण्ड–३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । लाक्पा ग्याल्वो तामाङ एक सय ८६ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । महिला सदस्यमा एक सय ९४ मत ल्याएर कान्छी लामा, खुल्ला सदस्यमा एक सय ८८ मतका साथ टासी घले र एक सय ९० मतका साथ लाक्पा छिरिङ तामाङ विजयी भएका छन् ।

गोसाइकुण्ड–४ मा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा एक सय ३० मत ल्याएर सुप्पा तामाङ, महिला सदस्यमा एक सय मतका साथ छिरिङ डोल्मा तामाङ, ङेरुप तामाङ र कांग्रेसका छिरिङ फिन्जो तामाङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया