Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कास्की – कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उमेद्वार सारदा पराजुलीसहित प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा एमालेकी पराजुलीले १११३ मत पाउनुभएको छ । कांग्रेसका उम्मेद्वारले ७९६ मत र माओवादीका उम्मेद्वारले ११९ मत पाएका छन् ।

सदस्य, महिला सदस्य तथा दलित सदस्यमा पनि एमालेकै उम्मेद्वार विजयी भएका छन् । महानगरको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मञ्जु गुरुङको अग्रता पनि कायमै छ ।

तपाईको प्रतिक्रिया