रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ र ३ वडामा भने नेपाली कांग्रसका उम्मेद्वार विजयी भएका छन् । २ नम्बर वडामा कांग्रेसका तरणिशंकर अधिकारीले ४८८ मत ल्याएका छन् भने ३ का वडा अध्यक्षमा विजय भएका केशव रोकाले ५६५ मल प्राप्त गरेका छन् ।
यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रका नारायणदास श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४६३ मत ल्याएर विजयी हुनुभएको हो । अन्य स्थानीय तहमा भने मतगणना जारी रहेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
उमाकुण्ड र दोरम्बाका गाउँपालिकाको मत परिणम थाहा हुन सकेका छैनन् । निर्वाचन अधिकृतलाई टेलिफोन गर्दा पनि सम्पर्क हुन नसकेपछि त्यहाँको मत परिणाम पनि थाहा पाउन नसकिएको हो ।
नगरपालिका र गाउँपालिकाको मत परिणम
मन्थली नगरपालिका (मेयर)
- नेपाली कांग्रेस–विनोद कार्कीः १४५१
- एमाले–रमेशकुमार बस्नेतः १३३१
- माओवादी केन्द्र–तारानारायण श्रेष्ठः १३२८
मन्थली नगरपालिका (उपमेयर)
- नेपाली कांग्रेस–गंगा अधिकारीः १६६२
- एमाले–माया कार्कीः १२५१
- माओवादी केन्द्र–रीता घिमिरेः १०२१
रामेछाप नगरपालिका (मेयर)
- एमाले–रोशन पाख्रिनः ४७९
- नेपाली कांग्रेस–नरबहादुर मगरः ३५८
- माओवादी केन्द्र– २३८
रामेछाप नगरपालिका (उपमेयर)
- एमाले–शान्ता पौडेलः ४७५
- नेपाली कांग्रेस–सिर्जना खड्काः ३३८
- माओवादी केन्द्र–इन्दिरा बख्रेलः २३६
लिखु गाउँपालिका (अध्यक्ष)
- एमाले–गोविन्दवहादुर खड्काः २९३
- नेपाली कांग्रेस–चन्द्रवहादुर राउतः २६०
- माओवादी केन्द्र–ध्रुवकुमार कार्कीः १३२
लिखु गाउँपालिका (उपाध्यक्ष)
- एमाले–दिपशिखा दाहालः ३०६
- नेपाली कांग्रेस–कल्पना खड्काः २६०
- माओवादी केन्द्र–वन्दना श्रेष्ठः १४३
सुनापती गाउँपालिका (अध्यक्ष)
- नेपाली कांग्रेस–जितेन्द्रवहादुर मोक्तानः ३८६
- माओवादी केन्द्र–धावा लामाः २१६
- एमाले–प्रदीपकुमार योन्जनः १०८
सुनापती गाउँपालिका (उपाध्यक्ष)
- नेपाली कांग्रेस–विनिता खडकाः ३८६
- माओवादी केन्द्र–गीता विष्टः २१६
- एमाले–पासागं डोल्मा लामाः ११२
गोकुलगंगा गाउँपालिका (अध्यक्ष)
- एमाले–खडगवहादुर सुनुवारः १५४४
- नेपाली कांग्रेस–नानीवावु वस्नेतः ८८२
- माओवादी केन्द्र–प्रेमकुमार कार्कीः ५५७
गोकुलगंगा गाउँपालिका (उपाध्यक्ष)
- एमाले–राधिका श्रेष्ठः ९९८
- नेपाली कांग्रेस–तुलसा केसी (खडका) : ६८९
- माओवादी केन्द्र–मञ्जु वस्नेत : ३१८
खाँडादेवी गाउँपालिका (अध्यक्ष)
- माओवादी केन्द्र–शिवकुमार कार्कीः ३२१
- नेपाली कांग्रेस–वेदराज लामाः २१५
- एमाले–अध्यक्ष : प्रेमवहादुर तामाङ्गः १३९
खाँडादेवी गाउँपालिका (उपाध्यक्ष)
- माओवादी केन्द्र–सुकमाया माझीः ३२३
- नेपाली कांग्रेस–मिना कुमारी श्रेष्ठः २००
- एमाले–मखमली श्रेष्ठः १५४