Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका बाहेक अन्य गाउँपालिका र तीन वटै नगरपालिकामा मतगणना शुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयरमा पदमा अग्रता लिएको छ भने मेलम्ची नगरपालिकामा एमालेले अग्रता लिएको छ । बाह्रविसे नगरपालिकामा भने काँग्रेसले अग्रता लिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र ३६८ मतका साथ मेयरमा र ३५८ मतका उपमेयरमा अग्रस्थानमा देखिएको छ । एमाले २६२ मतका साथ मेयरमा र २८२ मतका उपमेयरमा साथ दोस्रो स्थानमा छ । राप्रपामा मेयरमा ५५ मतका साथ तेस्रो स्थानमा छ भने काँग्रेस ४२ मतका साथ चौथो स्थानमा छ । उपमेयरमा काँग्रेस ४९ मतका साथ तेस्रो स्थानमा छ भने राप्रपा ४४ मतका साथ चौथो स्थानमा छ ।

मेलम्ची नगरपालिकामा एमाले मेयरमा ४६७ मत र उपमेयरमा उपमेयर ५०२ मतका साथ अग्रस्थानमा देखिएको छ । माओवादी केन्द्र मेयर ४३५ मत र उपमेयर ३०३ मतका साथ दोस्रो स्थानमा छ । काँग्रेस मेयर २३६ मतका साथ तेस्रो स्थानमा छ भने उपमेयरमा राप्रपा २६९ मतका साथ तेस्रो स्थानमा छ । काँग्रेस उपमेयरमा २४९ मतका साथ चौथो स्थानमा छ भने राप्रपा मेयरमा २४५ मतका साथ चौथो स्थानमा छ ।

बाह्रविसे नगरपालिकाको मेयरमा काँग्रेस एक सय ८५ मत र उपमेयरमा एक सय ८८ मतका साथ अग्रस्थानमा छ । एमाले मेयरमा ९३ मत र उपमेयर ८८ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्र मेयर पदमा सात मतका साथ तेस्रो स्थानमा छ भने राप्रपा तीन मतका उपमेयरमा तेस्रो स्थानमा छ । भोटेकोशी गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ भने जुगल गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया