Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – प्रदेश नम्बर ६ सुर्खेतमा हिजो सम्पन्न पहिलो चरणको स्थानिय तह चुनावको कतिपय तहमा मतगणना भर्इरहेको छ भने कतिपयमा सुरू गर्ने तयारी भइरहेको छ । मतगणना भएका अधिकांश ठाउँमा ठूला तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रबिच नै प्रतिस्पर्धा रहेको छ ।सुर्खेतको बीरेन्द्रनगरमा अहिले दुई बजेबाट मत गणना सुरू भएको छ । प्रत्येक ५ सय मत गणनापछि नतिजा सार्वजनिक गरिने बताईएको छ ।

५ नगरपालिका र ४ गाउँपालिका रहेको सुर्खेतमा ५० हजार मतदाता रहेको बीरेन्द्रनगर नगरपलिकामा ३८ हजारको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको बताईएको छ । अध्यक्षका उम्मेदवार मओबादी केन्द्रका नवराज कार्कीको प्यानल २ सय ७४ मत प्राप्त गर्दै विजय भएका हुन । कांग्रेसका भुपेन्द्रबहादुर चन्दले २३६, एमालेका तर्फबाट यज्ञप्रसाद ढकालले २०५ मत ल्याउनुभएको छ ।

यस्तै, महिला सदस्यमा रजना बुढा, दलित महिला सदस्यमा दुर्गा सार्की र खुला सदस्यहरुमा नर बहादुर बुढा र हरीबहादुर थापा विजयी भएका छन् । वडा नम्बर २ को मतगणना जारी छ । यता सुर्खेतको लेकवेशी नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार गगनसिं सुनारले १ हजार २१ मत ल्याउनुभएको छ । त्यस्तै कांग्रेसका उमेश पौडेल ४४० मत ल्याउनुभएको छ । खड्गबहादुर घर्ती माओवादी केन्द्रले १३४ ल्याउनुभएको छ ।

यस्तै गुर्भाकोट नगरपालिकामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेको ७३२ मत, कांग्रेसको ४४७ र माओबादीको ४६ मत रहेको छ । मत गणना जारी छ ।
पञ्चपुरी नगरपालिकामा सहित सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा मतगणना सुरू भए पनि नतिजा आउन बाँकी रहेको छ । भने केहिमा मतगणनाका लागि अहिले सर्वदलीय वैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया