Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा सुर्खेतमा ८५ प्रतिशत मत खसेको छ । जिल्लाका ९ स्थानीय तहहरुमा औसतमा ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका ९ वटै स्थानीय तहहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत कैलाश सुवेदीले जानकारी दिनुभयो । अहिले मतपेटीका संकलन भइरहेको र भोलि विहान ७ बजेदेखि मतगणना सुरु गर्ने सुवेदीले बताउनुभयो ।

१ सय ३८ मतदान स्थल रहेको सुर्खेतमा २४० मतदान केन्द्र छन् । एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया