Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – दोलखाका केही मतदान केन्द्रमा झडप भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ । शैलुङ गाउँपालिकाको भुषाफेदी र भिमेश्वर नगरपालिका–७ को कुप्रिडाँडा मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु भएको छ ।

तामाकोशीको शहरेमा रोकिएको मतदान भने अझै सुरु हुन सकेको छैन । यस्तै बैत्यश्वरको क्षेत्रपामा माओवादी, कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि अहिले त्यहाँ मतदान रोकिएको छ ।  स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । गौरिशंकर गाउँपालिकोको बिगुमा र तामाकोशीको झुले र जफेमा पनि बिहान झडप भएको तर अहिले मतदान कार्य चलिरहेको छ ।

केही मतदान केन्द्रमा झडप भएको छ, झडपका कारण दुईवटा मतदान केन्द्रमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिकाको शहरेस्थित जनजागृति मतदान केन्द्रमा झठप भएपछि मतदान रोकिएको छ ।  यस्तै शैलुङ गाउँपालिकाको भुषाफेदाको एउटा मतदान केन्द्रम पनि मतदान रोकिएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिनुभयो । रोकिएका ठाउँमा सुरक्षा व्यवस्था मिलाएर मतदान सुरु गर्ने तयारी भइरहेको छ ।

गौरिशंकर गाउँपालिकोको बिगुमा र तामाकोशीको झुले र जफेमा पनि बिहान झडप भएको तर अहिले मतदान कार्य चलिरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया