Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो मतदानकेन्द्रमा मतदान सकिएको छ । त्यहाँ मतदान सुरु भएको डेढ घण्टामा नै मतदान सकिएको मतदान अधिकृत रामकाजी दुवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साम्दो मतदानकेन्द्रमा ७१ जना मतदाता रहेकामा  ६९ जनाले मतपत्र लगेका थिए । एक जना मतदाताको निधन भएको र अर्का  एकजना आनी गाउँमा नभएकाले मतदान सकिएको औपचारिक जानकारी जनाउने तयारी भएको छ ।

भौगोलिक रुपमा विकट यो मतदानकेन्द्रमा मतदाता कम रहेकाले छिट्टै सकिएको मतदान अधिकृत रामकाजी दुवाडीले जानकारी दिनुभयो ।

यस्तै  चुमनुब्री गाउँपालिकाको अरु मतदान केन्द्रमा पनि मतदाता कम भएकाले छिट्टै मतदान सकिने निर्वाचन अधिकृत हरिहर दाहालले बताउनुभयो । चुमनुब्री गाउँपालिकामा २० वटा मतदान केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया