Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले हरेक ३-३ महिनामा गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गत गत आइतवार टोकियो बाहिर नागोया शहरमा भव्यतापूर्वक सम्पन्न गरेको छ । नेपाली नयां वर्षको अवसरमा आयोजित यस पटकको साहित्यिक शृंखला साहित्यकार एबम नाटककार भीमनिधि तिवारीको सतवार्षिकीमा समर्पित गरिएको थियो । नागोयास्थित ओजोनेको कम्युनिटी हलमा आयोजित कार्यक्रममा सहभागी हुन टोकियोबाट २ दर्जन साहित्यिक श्रष्टाहरु नागोया पुगेका थिए । साहित्यमयी यात्रा गर्दै श्रष्टाहरु कार्यक्रम हल पुगेका थिए । जसलाई अनेसास जापानले साहित्य शृंखला अन्तरगत पहिलो साहित्य यात्रा भनेर नामकरण गरेको छ ।

कार्यक्रमको एनआरएन जापानका अध्यक्ष्य ओम गुरुङले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न श्र्ष्टाहरुले आ-आफ़्नो रचना वाचन गरेका थिए।

कार्यक्रममा एनआरएन आइसीसीका सदस्यद्वय डा. सुदिप अधिकारी, रोविन्द श्रेष्ठ, नेसाजका अध्यक्ष्य कृष्ण भेटवाल, अन्तरराष्ट्रिय नेपाली समाजका अध्यक्ष्य शालिकराम भण्डारी, अनेसास जापानका पूर्व अध्यक्ष्य एबम सल्लाहकार बेलु थापा कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । यस्तै एनआरएन जापानका उपाध्यक्ष्य डिलाराम खरेल, चितवन कल्याण मंचका महासचिव अर्जुन अधिकारी, एनआरएन जापानका सचिव सरोज कंडेल, मनाङ समाजका अध्यक्ष्य पेम्बा लामा ,नेपाल इन्जिनियर्स एशोशिएशनका सचिव डा. मधुसुदन कायस्थ, एनआरएन जापानका सदस्य केशर गिरि, जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष्य प्रकाश न्यौपाने, जनसम्पर्क समिति जापानका उपाध्यक्ष्य शेरबहादुर केसी, एनडिएफ जापानका संस्थापक अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे, एनआरएन जापानका सल्लाहकार पारसमणि पोखरेल, नेपाल पत्रकार महासंघ जापानका प्रतिनिधि अनुपराज कंडेल, एनडीएफ जापान टोकियोका अध्यक्ष्य देविलाल भण्डारी, एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकारद्वय मोहन खत्री र बिमल अधिकारी, जनप्रगतिशील मोर्चा नागोयाका बिजयप्रसाद खनाल, एनडिएफ नागोयाका कोषाध्यक्ष विश्व पराजुली, एनआरएन कान्तो क्षेत्रका उपाध्यक्ष प्रेम कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित श्रष्टाहरुले आफ्नो रचनामा विदेशिनु पर्दाको पींडा, मातृभूमिप्रतिको माया, नेपाली राजनीतिप्रति व्यंग्य कस्नुका साथै माया प्रेमले भरिएका गजलहरुले कार्यक्रम हल साहित्यमय भएको थियो । कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरुसहित रचानावाचन गर्ने अन्य स्रस्टाहरुमा पिताम्वर चापागाई,  रामजंग कार्की, वरुण सिग्देल, धिषण निरौला, पुस्करजंग थापा, बुद्दिराज घिमिरे लगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा अनुपस्थित भए पनि स्रस्टाहरुले इमेलबाट पठाएका रचनाहरु पनि कार्यक्रममा बाचन गरेर सुनाइयको थियो । त्यसरी रचना पठाउनु हुनेहरुमा बिबिसी साझा सवालका नारायण श्रेष्ठ, अनेसास जापानका पूर्व अध्यक्ष तथा सल्लाहकार दिनेशराज ज्ञवाली, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, अनेसास जापानका पूर्व उपाध्यक्ष डा. रबिन्द्र ढकाल, अनेसास जापानका कृष्ण के. श्रेष्ठ काल्स हुनुहुन्थ्यो ।

आयोजक संस्थाका अध्यक्ष्य प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरुलाई अनेसास जापानका सदस्य बिष्णुप्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन अनेसास जापानका सन्देश पोखरेलले गर्नुभएको थियो ।

एनआरएन जापानका अध्यक्ष एवं प्रमुख अतिथि ओम गुरुङले साहित्य जहिले पनि समाजको दर्पणकारुपमा रहने हुनाले हरेक सामाजिक बिकास र प्रभाबमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताउँदै अनेसास जापानले आयोजना गरेको साहित्य श्रृङ्खला अन्तर्गतको टोक्यो नागोया साहित्य यात्राले नयाँ खालको उमंग र तरंग पैदा गरेको कुरा बताउनुभयो । साहित्यिक कार्यक्रमको निरन्तरता दिनको लागि आयोजकलाई सुझाब दिदै यसले धेरै किसिमको थकानलाइ हलुका पार्ने गुरुङले बताउनुभयो ।

सभापतिको आसनबाट आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले टोकियो -नागोया साहित्य यात्रा अनेसास जापानको इतिहास मै एउटा कोसेढुङ्गो साबित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै खालका उल्लेखनिय कार्यक्रमको आयोजना गर्दै जाने प्रतिबद्दता जनाउनु भयो । प्रकाशनको क्षेत्रमा समेत अनेसास जापानले केहि नयाँ कामको थालनी गर्न लागेको बताउँदै वहाले आफ्ना केहि गजल र हाइकुहरु समेत बाचन गर्नुभएको थियो । कार्यक्रम आयोजनामा सहयोग गर्ने तथा उपस्थित सबैलाई सबैलाइ धन्यबाद दिदै कार्यक्रमको समापन गर्नभएको थियो । कार्यक्रममा देविलाल भण्डारीको कमेडी हाइकु, कवियत्री प्रमिला सिग्देलको लयात्मक कबिता, धिषण निरौलाको छन्द कबिता र प्रेम कंडेलको प्रस्तुतीलाई धेरैले मन पराएका थिए ।

कार्यक्रम सम्पन्न गर्नको लागि जापान मनि एक्सप्रेस, आइएमई, सपना इन्टरप्राइजेज, भावना इन्टर्नेशनल, प्रकृति इन्टर्नेशनलका साथै टोकियोका व्यवसायी दिपक सुबेदीले सहयोग गर्नुभएको थियो । ***

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया