Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको बताएको छ । नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा साढे ७ प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसुन, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुगेको हो ।

यद्यपी आर्थिक वृद्धिमा अझै धेरै चुनौति भने रहेको विश्व बैंकले जनाएको छ । सन् २०१५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३ दशमलब ३ प्रतिशतमा झरेको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १४ वर्ष यताकै सबै भन्दा कम विन्दु अर्थात शून्य दशमलब ४ प्रतिशतमा झरेको थियो । विश्व बैंकले यो वर्ष नेपालको धान उत्पादन ५० लाख टन भन्दा बढि हुने प्रक्षेपण गरेको छ जुन गएको वर्षको तुलनामा १० लाख टन बढि हो ।

अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भुकम्पका कारण रोकिएका १ सय मेगावाट भन्दा बढि जलविद्युत आयोजना समेत संचालनमा आउन थालेको विश्व बैंकले जनाएको  छ । आर्थिक वृद्धिदर बढेपनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको विश्व बैंकको भनाई छ ।

तपाईको प्रतिक्रिया