Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलो पटक प्रदूषण रहित इँट्टा उत्पादन सुरु भएको छ । नेपालका लागि जापानका राजदूत मासासि ओगावाले आज उद्योग ‘सुपर ईको ब्रिक इनोभेसन’ को उद्घाटन गर्नुभयो ।

कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलो पटक पोल्न नपर्ने इँट्टा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदुषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताउनुभयो ।  यस कम्पनीले उत्पादन गरेको इँट्टा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रबिधि बंगलादेशमा पनि सुरु भएको बताउनुभयो । कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताउनुभयो ।

रसायन प्रयोग गरेर इँट्टा उत्पादन गर्ने विश्व कै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उहाँले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानी समेत कटौती हुने दाबी गर्नुभयो । उपत्यकामा रहेका इँट्टा भट्टाहरुले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरण मैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्व समेत पूरा गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया