Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ छ ।

काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल विक्री गर्न लागको हो ।

आजदेखि यातायात सहज भएका सवै स्थानमा यूरोफोर गुणस्तरको पेट्रोल विक्री भएको निगमका प्रवक्ता सितारम पोखरेलले जानकारी दिनुभयो । यसअघि नेपालमा यूरो थ्रि गुणस्तरको पेट्रोल विक्री भईरहेको थियो ।

भारतीय आयल कर्पोरेशन आईओसीले आफ्ना रिफाईनरीबाट पुर्ण क्षमतामा यूरोफोर मापदण्डको तेल प्रशोधन कार्य शुरु गरिसकको छ । नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पुर्ण क्षमतामा राख्ने, धुवाँलाई कम गर्न सहयोगी हुने र न्यून प्रदुषणयुक्त मानिन्छ ।

विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरि मात्रै आयत हुन लागेको हो । मुलुकमा दैनिक १० लाख लिटर हाराहारीमा पेट्रोल खपत हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया