Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – दिपायलको पिपल्ला बजारस्थित जीबी आयल स्टोरबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर गएको छ । ब्यस्त पिपल्ला बजारको बीच भागमै रहेको आयल स्टोरबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको हो ।

अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् भने, २ वटा मोटरसाइकल पनि जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा अएको छैन । दिपायल नगरपालिकाको दमकल बिग्रिएका कारण डँडेलधुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ । तर, आइपुग्न अझै २ घण्टा लाग्ने भएकाले आगो थप फैलिने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी खटिएपनि आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन । सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्केको छ । आगोलागी नियन्त्रणमा लागि प्रयास भइरहेपनि आगो फैँलदो रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया