Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ ।
त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।

यसअघि नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

भारतले सन् २०२० बाट युरो–सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो–फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

पहिलेको भन्दा के फरक ?

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो–फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

तपाईको प्रतिक्रिया