Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

फुकुओका – नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर जापानको फुकुओकामा ’वैशाखी मेला-२०१२’ सम्पन्न भएको छ । मेलाका अवसरमा नेपाल र नेपालीहरुको चिनारी दिलाउने एवं गौरव बढाउने खालका विविध कार्यक्रमहरु रहेका थिए । नौमती बाजासहितको नगर परिक्रमा, नेपाली भेषभुषा प्रदशर्नी, बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा हाम्रो हो भन्ने सन्देशमुलक प्रचारप्रसार सामाग्रीहरु तथा फोटो प्रदर्शनी, मौलिक लोकसँस्कृतिमा आधारित साँस्कृतिक कार्यक्रम मेलाका बिशेष आकर्षण पक्ष थिए ।

उक्त मेला फुकुओका बंगलादेश कल्चरल सोसाइटी र फुकुओका नेपाल सोसाइटीको संयुक्त आयोजनामा भएको हो । मेलाको गत आइतवार विहान नेपाली नौमती बाजा बजाउदै नगर परिक्रमा गरेर उदघाटन गरिएको थियो । मेलामा उल्लेखनीय नेपाली, बंगलादेशीका साथै जापानीहरुको सहभागिता रहेको थियो ।

सोसाइटीका निवर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठको स्वागत मन्तव्य रहेको सो मेलामा बंगलादेशको तर्फबाट कार्यक्रम संयोजक रफुमनले नेपालीहरुसंग मिलेर यस्ता कार्यक्रम गर्न पाउँदा धेरै खुशी लागेको बताए ।

कार्यक्रमको अन्तमा, फुकुओका नेपाली सोसाइटीको निबर्तमान समितिले नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको थियो ।

तत्पश्चात भएको साँगीतिक कार्यक्रममा माया नेपाली संगीत संस्थाकी युको ओकामोतो मल्लले जापानीहरुलाई नेपालबारे संक्षिप्त जानकारी गराउँदै नेपालको पहाडदेखि तराईसम्मका नृत्य प्रस्तुत गरेकी थिईन् । यसैगरी क्युशुको विभिन्न ठाउँवाट आएका कलाकारहरुले पनि आ-आफ्ना कला प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपालका बिभिन्न जनजातीहरुको भेषभूषामा आधारित फेशन शो, नेपाल सम्बन्धि स्टलबाट बुद्धको जन्मस्थल र सगरमाथाबारे जानकारीमूलक फोटो तथा पुस्तक प्रदर्शनी गरिएको थियो भने नेपाली तथा बंगलादेशी सामान र खानाका स्टलहरु पनि रहेका थिए । कार्यक्रम सोसाइटीका सदस्य मोती श्रेष्ठले सञ्चालन गरेका थिए ।  ***

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरः सन्दीप ढुंगाना

 

तपाईको प्रतिक्रिया