Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – प्रहरी प्रमुख नियुक्ति प्रकरणमा सरकारलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अनिवार्य अवसर नै नदिई प्रधानन्यायाधीश सुशीला कार्कीले पेसी तय गरेकामा त्यसप्रति महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले इजलाससमक्ष गम्भीर आपत्ति जनाउनुभएको छ ।

आईजीपी नियुक्तिका लागि जयबहादुर चन्दको सिफारिस निर्णयपछि ज्येष्ठता अनुरूप नभएको भन्दै त्यसलाई रोक्न माग राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा सुनुवाइको सूचना विनै छलफलका लागि पेसी तय गरिएको भनी महान्यायाधिवक्ता लगायत सरकारी वकिलले आपत्ति जनाएपछि आइतबारको सुनुवाइ रोकिएको छ ।

सरकारले सिफारिसको निर्णय नगर्दै ढकालले २८ माघमा एउटा र निर्णयपछि १ फागुनमा अर्को रिट दिनुभएको थियो । अघिल्लो रिटमा चन्द र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थिएन भने दोस्रो पूरक निवेदनमा विपक्षी बनाइएको थियो । नयाँ विपक्षी थपिएको अवस्थामा पूरक रिटमा सुनुवाइको मौकासमेत नदिई अन्तरिम आदेश भएको र एक्कासि छलफलका लागि पेसी तय भएको भन्दै सरकारी वकिलले आपत्ति जनाएका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीद्वारा आईजीपी प्रकरणमा अधिवक्ता ढकाल र डीआईजी नवराज सिलवालले दिएको रिटमा सुनुवाइका लागि न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलास गठन भएको थियो ।

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, खगराज पौडेल र किरण पौडेलले पूरक रिटको सुनुवाइमा जानकारी समेत नपाएको भन्दै आइतबारको बहसपैरवी रोक्न इजलाससमक्ष माग गर्नुभएको थियो । ‘जुन दिन पूरक निवेदन दायर भएको छ, त्यसै आधारमा त्यही दिन निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश भएको छ ।

सरकारी वकिलले सुनुवाइको विधि र प्रक्रियालाई लिएर प्रश्न उठाएपछि इजलासले रिटमा विपक्षी बनाइएका चन्दलाई पूरक निवेदनको प्रतिलिपिसहित सात दिनको समय दिएर प्रतिवाद गर्न जनाउ दिन र पूरक निवेदन तथा विपक्षीको जानकारीलगायत आवश्यक कारबाहीका लागि महान्यायाधिवक्तालाई जानकारी दिन आदेश भएको छ । ‘

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया