Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – कार्यक्रम सञ्चालिका कोमल वलीले पटकपटक प्रधानमन्त्री प्रचण्ड आउने बताइरहुनभएको थियो । तर, कार्यक्रम सकिनै लाग्दासमेत प्रचण्ड आउने टुंगो थिएन । अन्तिम वक्ताका रूपमा कमल थापाले बोल्नुअघि उहाँ आइपुग्नुभयो ।

छोटो मन्तव्य दिने क्रममा प्रधानमन्त्री प्रचण्डले थापालाई निकै हौस्याउनुभयो । ‘वैचारिक हिसाबले हामी फरकफरक छौँ, तर राप्रपा भनेपछि मिलौँ मिलौँ, सँगसँगै जाउँ भन्ने लाग्छ,’ प्रचण्डले थापालाई हौस्याउँदै भन्नुभयो, ‘थापाजी अब टाढा नजानुहोला ।’

प्रचण्डले हौस्याएपछि अन्तिम वक्ताका रूपमा बोल्न थालेका थापाले पार्टी एकता, आगामी नीति र कार्यक्रमभन्दा प्रचण्डसँगको ‘केमेस्ट्री’ मिल्नेमै धेरै समय खर्चिनुभयो । ‘प्रचण्डजीमा विलक्षण प्रतिभा (चमत्कार) छ,’ थापाले भन्नुभयो, ‘अब प्रचण्डबाट अर्को चमत्कार आवश्यक छ ।

प्रचण्डको विद्रोह र हामीले उठाउँदै आएका मूल्य–मान्यताको सामाञ्जस्यतमा समाधान खोजौँ, यो नै नेपालको अस्तित्वको ग्यारेन्टी हुन्छ । यस्तो भए हामीलाई कसैले चुनौती दिन सक्दैन ।’ प्रचण्डसँग काम गर्दा आफूले अत्यन्तै निकटको अनुभव गर्ने गरेको पनि थापाले बताउनुभयो ।

‘हामीलाई निकट ल्याउने काम राष्ट्रियता हो,’ थापाले भन्नुभयो, ‘देशलाई बलियो बनाउने विषयमा हाम्रो निकटता छ । प्रचण्डसँग काम गर्दा अत्यन्तै निकटताको महसुस गर्छु ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया