Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – नेपालका राष्ट्रपति माथि आक्रमण गर्नेलाई १० बर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसदको विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो ।

अपराधमा संलग्नमाथि हुने सजाय कानुनका नजरमा राष्ट्रप्रमुख र जनताबीच फरक हुनुपर्ने कि नपर्ने भन्ने चर्को विवादपछि अन्ततः राष्ट्रप्रमुखको सम्मानका लागि सजायको दायरा फरक हुनुपर्ने भन्दै यस्तो व्यवस्था पारित भएको हो ।

राष्ट्रपतिमाथि आक्रमण गर्न नहुने व्यवस्था समेटिए पनि उपराष्ट्रपतिका विषयमा विधेयक मौन छ । राष्ट्रपतिलाई अपहरण गर्ने या बन्धक बनाउनेलाई १० देखि १५ बर्षसम्म कैद सजाय हुने भएको छ ।

त्यसैगरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिए आक्रमणबाट राष्ट्रपतिको मृत्यु भएमा आक्रमणमा संलग्नलाई जन्मकैदको सजाय हुनेछ । यी तीनवटै कैद प्रावधान सम्बन्धी व्यवस्थालाई विधायन समितिले पारित गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया