काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।
पार्टी निकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली जानुभएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ ।
मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन’ क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको राजनीतिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।‘श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गराउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्देहुनुहुन्छ’ श्रोतले भन्यो ।
माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलागाईका अनुसार पार्टी संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि राजनीतिक भेटघाट गर्नुहुनेछ ।