Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यावसायीले घर छाडेका हुन् ।
पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भन्नुभयो । उहाका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् । आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ ।

यसैबीच सीआईबीले सुन तस्करीमा पक्राउ परेकामध्ये वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीबाहेकसँग बयान लिइसकेको छ । निलम्बित एसएसपी खत्रीसँग बयान लिने काम भइरहेको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले जानकारी दिनुभयो ।
सीआईबी टोलीले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ केजी सुनसहित तीनजना भरियालाई नियन्त्रणमा लिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया