Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ । आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री इभांकाको ब्रान्डलाई आफूले बिक्री गर्न हटाएको थियो । यसै विषयलाई लिएर राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रामको आलोचना गर्दै ट्विट गरे । डेमोक्र्या्टिक पार्टीका सांसद बब केसीले राष्ट्रपतिले पदीय गरिमा उल्लंघन गरेको आरोप लगाएका छन् । ट्रम्पको कार्यलाई ‘फेडरल एथिक्स अफिस’ले छानबिन गर्नुपर्ने माग गरेका छन् । पारिवारिक कारोबार बढाउन राष्ट्रपति पदको दुरुपयोग भएको भन्दै उनका विरुद्ध आवाज उठ्न थालेका छन् । सिनेटर केसीले अमेरिकन अफिस अफ गभर्मेन्ट एथिक्सको ध्यान आकर्षण गराएका छन् । 

ट्रम्पले ट्विटमा लेखेका छन, ‘मेरी पुत्री इभांकासँग नोडस्ट्रामले दुव्र्यवहार गरेको छ। उनी निकै असल मानव हुन् । उनले सधैं असल काम गर्छिन् ।’ इभांकासँग भएको व्यवहार निकै अभद्र भएको ट्रम्पको जिकिर छ । ट्रम्पले उक्त ट्विटलाई केही समयपछि अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि ट्विट गरिएको थियो । डेमोक्र्याटिक पार्टीका नेतृ नान्सी पलोसीले पनि यसै विषयलाई लिएर सिनेटमा ट्रम्पको आलोचना गरेकी छन् । उनले भनिन्, ‘मेरो विचारमा यो अनुचित काम हो । ट्रम्प पूर्ण रूपमा एक अनुचित राष्ट्रपति हुन् । उनले आफूले जे गर्न सक्छन, त्यही नै गरेका छन् ।’

नोर्डस्ट्रामले गत साता इभांकाको ब्रान्डलाई बिक्री नगर्ने घोषणा गरेको थियो । यो ब्रान्डको बिक्री निकै कम भएको भन्दै उसले बिक्री नगर्ने बताएको थियो । नोर्डस्ट्रामले भनेको थियो, ‘हामीले पटक पटक भन्दै आएका छौं । हामीले बिक्री र प्रदर्शनको आधारमा निर्णय गर्छौं। हामीसँग हजारौं ब्रान्ड छन् ।’ समय समयमा गरिएको बजार विश्लेषणअनुसार यस्तो निर्णय गर्नुपरेको उसको भनाइ छ । यसअघि ट्रम्पको विरोध गर्दै आएको ‘ग्रयाब योर वालेट’ ले हप्तौंसम्म इभांका ब्रान्डको बहिष्कार अभियान चलाएको थियो । उक्त संगठनले नोर्डस्ट्रामसँग ट्रम्प परिवारसँगको कारोबार बन्द गर्न चेतावनी दिएको थियो ।

इभांकाको बिक्री हटाउनुभन्दा ३ दिनअघि नोर्डस्ट्रामले डोनाल्ड ट्रम्पको ‘मुस्लिम र शरणार्थी प्रवेश प्रतिबन्ध’को कडा विरोध गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले ट्रम्पको ट्विट अनुचित नभएको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिलाई आफ्नो परिवारको कारोबार र सफलताको प्रशंसा गर्ने पूरा अधिकार छ । कसैले राष्ट्रपतिको नीतिलाई लिएर उनका परिवारका सदस्यलाई निसाना बनाउँछ भने त्यो अस्वीकार्य छ ।’ कुनै पनि बाबुले राष्ट्रपति भए पनि परिवारलाई साथ दिने पूरा अधिकार भएको उनले बताए । नार्डस्ट्रामले भने जनवरीको सुरुदेखि नै आफूले यस्तो निर्णयको तयारी गरेको बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया