Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – पछिल्लो समय भारतसँगको सम्बन्ध सुधार्न सफल भए पनि त्यो विषयमा देशलाई एकमत बनाउन सरकार अससफल भएको छ ।
भारतसँग उपलब्धि
– भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति ।
– तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय ।
– विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना चाँडै सम्पन्न गर्ने सहमति ।
– तीनवटा अन्य सीमापार रेल्वे परियोजना (नेपालगन्ज–नेपालगन्ज रोड, काँकडभिट्टा–न्यु जलपाइगुडी तथा भैरहवा–नौतनहवा) चाँडै नै सुरुवात गर्ने सहमति ।
– हेटौँडा पोलिटेक्निक निर्माण कार्य चाँडै सुरुवात गर्ने सहमति ।
– पुनर्निर्माणका लागि भारत सरकारले दिएको अनुदान तथा ऋणका परियोजनालाई चाँडै नै टुंग्याइने सहमति ।
– भारतीय पूर्वाधार तथा सडकका कारण नेपाली सीमावर्ती गाउँ र बजारहरूको डुबानबारे नेपालले चासो राख्दा समस्या देखिएका ठाउँमा संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत । 

चीनसँग उपलब्धि
– नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको आउटलाइनमा सहमति । नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई राय–सुझावका लागि पठाउने सहमति । यसबारे वाणिज्य मन्त्रालयसँगको समन्वयमा अन्तिम मस्यौदा तयार हुँदै ।
– कार्गो यातायातसम्बन्धी प्रोटोकलमा तिब्बत हुँदै नेपालका उत्तरी जिल्ला जाने नयाँ मार्ग थप गर्नेलगायतका विषयमा छलफल ।
– पुनर्निर्माणका लागि चीनले दिने भनेको ३ अर्ब चिनियाँ युआनमध्ये रसुवागढी–स्याफ्रुबेसी सडकको मर्मतसम्भार, निजामती अस्पतालको स्तरोन्नतिलगायतका परियोजनामा खर्च हुने रकम उपलब्ध गराउने समझदारीपत्रमा चीनका लागि नेपाली राजदूत तथा चिनियाँ वाणिज्य मन्त्रालयका पदाधिकारीबीच हस्ताक्षर ।
– तिब्बतका राजमार्ग उपयोगसम्बन्धी प्रोटोकलमा चिनियाँ पक्षबाट मस्यौदा प्राप्त भएको र चीनलाई जवाफ पठाउने तयारी । छिट्टै नेपालमा सशोधित प्रोटोकलमा छलफल गरी हस्ताक्षरका लागि नेपालमा बैठक आयोजना गर्ने सहमति ।

मुखर्जी आए, सी आएनन्
साउन १९ मा प्रधानमन्त्री भएलगत्तै प्रचण्डले छिमेकलाई उच्च र समान प्राथमिकता दिएर दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिण पठाए । उपप्रधानमन्त्री विमलेन्द्र निधिले २–७ भदौसम्म भारत भ्रमण गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै शीर्ष नेतासँग भेटवार्ता गरे । नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध सुधारको सुरुवात निधिको भ्रमणले गर्यो । फलस्वरूप भदौ ३०–२ असोजसम्म प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमण र १७ कात्तिकदेखि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भयो ।

त्यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महराले १–४ भदौसम्म चीन भ्रमण गरे । महराले पनि चिनियाँ प्रधानमन्त्री ली खछियाङसहित उच्च अधिकारीसँग भेटवार्ता गरे । निधिको मिसन थियो– प्रधानमन्त्री प्रचण्डको राजकीय भारत यात्रा गराउने । महराको मिसन थियो– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि परिस्थिति मिलाउने । तर, सीको नेपाल भ्रमण अझै निश्चित भएको छैन । राष्ट्रपति सी नेपाल नआए पनि गोवामा ३० असोजमा आयोजित ब्रिक्स र बिमस्टेकको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्ने अवसर पाए ।

सीसँगको औपचारिक र भारतीय प्रधानमन्त्री मोदीसमेतको उपस्थितिमा अनौपचारिक छलफलमा नेपाललाई त्रिदेशीय विकासको साझेदार बनाउन आफूले उल्लेखनीय प्रस्ताव राख्न पाएको प्रधानमन्त्रीको दाबी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया