Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको छ । २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको छ । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।

निर्वाचन भएका ४५ मध्ये काठमाडौं र डडेल्धुराको नतिजा पनि आइसकेको छ । ‘मंगलबार राप्रपाको बारा बाहेकको ७४ जिल्लामा अधिवेशन भए, यसमा ३१ जिल्लाको नतिजा मंगलबार नै आयो,’ राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले भने, ‘२९ जिल्लामा सहमति र दुई जिल्लाको निर्वाचनबाट नेतृत्व चयन भएका छन् । बाँकीको नतिजा बुधबार आउँछ ।’ आगामी ६ देखि ९ फागुनसम्म काठमाडौंमा राप्रपाको एकता महाधिवेशन हुँदै छ ।

मंगलबार बेलुकासम्म आएको परिणाम अनुसार डडेल्धुरा र काठमाडौं जिल्लामा मात्र निर्वाचनबाट अध्यक्ष निर्वाचित भए । जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी भने अध्यक्षले चयन गर्नेछन् । ३१ जिल्लामा परिणाम आउँदा बहुमत अध्यक्ष थापानिकटका आएको बुझिएको छ ।

दीपक मनांगे मनाङ अध्यक्ष
डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो ।

प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’

मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया