Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – पाँच महिना बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । पूर्णता नपाउँदा संवैधानिक आयोगले हालसम्म अगाडि बढाएका सम्पूर्ण कार्य तथा योजना अलपत्र छन् ।

सरकारले भदौ २३ गते भाषा आयोग गठन गर्दै त्यसको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्ति गरेको थियो । भाषा आयोगमा रहने सदस्य सङ्ख्याबारे नेपालको संविधानमा ठ्याक्कै उल्लेख नभए पनि आवश्यक सङ्ख्यामा सदस्य रहने व्यवस्था छ । हरेक प्रदेशको प्रतिनिधित्व हुने गरी सात सदस्य हुनसक्ने भनिएको छ । नेपाल सरकारले आयोगका लागि आवश्यक कर्मचारी करिब करिब उपलब्ध गराइसकेको छ । 

पूर्णता नपाए पनि आयोगले पाँचवर्षे रणनीतिक मार्गचित्र तयार गरिरहेको छ भने कार्यविधि तयार भइसकेको छ । स्थानीय तह तथा प्रदेशमा आयोगले सुझाव सङ्कलन लगायतका कार्यक्रम लिएर जाने योजना बनाइसके पनि पूर्णता पाउन नसक्दा सो योजना पनि रोकिन पुगेको छ । भाषा आयोगका सदस्यका लागि दलीय सहमति जुट्न नसक्दा पूर्णता पाउन नसकेको बताइएको छ । पूर्णता नपाए पनि कार्यलाई अगाडि बढाउन भाषा आयोगले नौ सदस्यीय सल्लाहकार समूह गठन गरेको छ ।

सल्लाहकार समूहको गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि तयार भई आयोगले स्वीकृति प्रदान गरेको छ तर सो समूहले गर्ने सम्पूर्ण कार्य कानुनतः वैधानिक नहुन पनि सक्छ । आयोगले हालसम्म पनि ऐन र नियमावली प्राप्त गरेको छैन । भाषा आयोग ऐनका लागि विधेयक मस्यौदा व्यवस्थापिका संसद्सम्म पुगेको आफूहरूले सुनेको आयोगका पदाधिकारीहरू बताउँछन् । उनीहरू ऐन छिटो बन्नुपर्ने बताउँदै आयोगले पूर्णता पाइदिएको भए ऐन ल्याउन थप पहल हुने थियो भन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया