काठमाडौं – तपाईं नेपालका कुनै पनि सरकारी कार्यालयमा फोन गरेर कुनै मान्छेलाई खोज्नुस, रेडिमेड जवाफ पाइन्छ उहाँ मिटिङ (बैठक) मा हुनुहुन्छ । सबै जसो मन्त्रालय र सरकारी कार्यालयका प्रमुखदेखि प्रशासनका पदाधिकारीहरु दैनिक बैठकमा व्यस्त देखिन्छन् ।
तर त्यस्ता बैठकबाट हुन्छ चाँही के त ? यति धेरै बैठक बसेपछि मुलुक बिकासको हिसाबले निकै माथि पुग्नुपर्ने तर सधैं जहाँको त्यहीं हुने गरेको छ । स्रोतहरुको अनुसार कतिले त आफ्नो क्षेत्रको जवाफ दिनुपर्छ भनेर टार्नका लागि बैठकको बहाना गर्छन् भने कतिले चाहिँ बैठक बसेझैं गरेर खाजा र भत्ता पचाउने सिवाय केहि पनि गर्दैनन् ।
बैठकबाट महतवपूर्ण उपलब्धि होला भनेर आशा गर्नु नै व्यर्थ हुने भुक्तभोगीहरु बताउँछन् । यदि सँच्चीकै बैठकका निर्णयहरु कार्यान्वयन हुन्थे भने त देश अहिले विश्वकै उत्कृष्ट देश भइसक्ने सम्बद्धहरुकै टिप्पणी रहेको पाइन्छ ।