Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले नेपालमा आतंकबादीहरुले सेल्टर बनाएर बस्ने खतरा रहेको बताएका छन् ।

राजधानीमा तीन दिन चलेको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनको समापनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो अनुभवलाई हेर्दा यस्तो सम्भावना देखिएको बताएका हुन् ।

नेपालमा आतंकबाद नियन्त्रण सम्बन्धी कानुन नै नभएको सुनाउँदा अन्य देशका प्रहरी अधिकारीले अचम्म मानेको बताउँदै शर्माले भने,‘अलकायदा, आईएसआईएस र मुजाहिद्दिनजस्ता आतंकबादी संगठनको गतिविधि छैन् भनेर ढुक्क भएर बस्न सकिदैन ।’ शर्माले सुपुर्दकी सन्धिको अभावमा अन्तरदेशीय अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।

विभिन्न ३३ देशका १ सय ३२ कानुन कार्यान्वयन इकाईका उच्च अधिकारी सहभागी सम्मेलन सन् २०१७ देखि २०२० सम्मका निम्ति पाँच रणनीति पारिद गर्दै समापन भएको हो ।

तपाईको प्रतिक्रिया