सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गर्नुहुने भएको छ । प्रचण्डले अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । 

खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री र सिंहले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी पाउनु हुने छ । सिंह केपी ओली नेतृत्वको सरकारमा पनि खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्थ्यो । खड्का भने पहिलो पल्ट मन्त्री हुन लाग्नु भएको हो । उहाँहरुको सपथग्रहण बिहीबार दिउँसो हुने स्रोतले बताएको छ । संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि दुई तिहाई बहुमत जुटाउन प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न लाग्नु भएको हो ।

दुई तिहाई पुर्‍याउनकै लागि संसदको चौथो ठूलो दल राप्रपाबाट अध्यक्ष थापासहित थप ३ मन्त्री नियुक्त गर्ने प्रचण्डको तयारी रहेको वालुवाटार स्रोतले जनाएको छ । अहिले नै सरकारमा २ मन्त्री भएको राप्रपाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेको छैन् ।

यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउने काँग्रेस र माओवादीको तयारी छ ।

तपाईको प्रतिक्रिया