Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – स्वास्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।

मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तरवार्तामा दुई जना अनुपस्थित रहे भने ८८ जना पास भए । ८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति लिए । बाँकी चिकित्सकले नियुक्ति लिनै मानेका छैनन् ।

नवौं तहको विशेषज्ञ चिकित्सकले सुख्खा तलबमा मात्रै दुर्गममा जान नमानेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । ‘सुख्खा तलबमा जान मान्दैनन्, अरु दिने आधार छैन । मन्त्री थापाले भने, ‘अब दुर्गममा घुम्ती चिकित्सक परिचालन गर्नुको विकल्प छैन ।’

तपाईको प्रतिक्रिया