Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – लगानी बोर्डले नेपालका दुईवटा ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न प्रवद्र्धक कम्पनीलाई म्याद थप गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको २५ औँ बैठकले ९०० मेगावाट उत्पादन क्षमताको माथिल्लो कर्णाली र ९०० मेगावाट उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि म्याद थप गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीका अनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि सन् २०१७ को सेप्टेम्बर १८ र अरुण तेस्रोका लागि सन् २०१७ सेप्टेम्बर ३० सम्मलाई वित्तीय व्यवस्थापन मिलाउन म्याद थप गरिएको हो ।

दुवै आयोजनाको प्रभावित क्षेत्रको वासिन्दाको पुनर्वासको योजना, लाभ वितरण योजनासहित विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरिसकेको छ भने अरुण तेस्रोले निजी जग्गा अधिग्रहण गर्ने काम समाप्त गरिसकेको र केही महिनाभित्रै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माणको काम बाँकी छ ।

उता माथिल्लो कर्णालीमा पनि निजी जग्गा अधिग्रहण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । आइतबारको बैठकले दुवै आयोजनाका प्रवद्र्धकलाई अविलम्ब सो थपिएको म्यादभित्र वित्तीय व्यवस्थापन गरिसक्ने कार्ययोजना बोर्डमा पेस गर्न निर्देशनसमेत दिएको छ ।

कार्यकारी प्रमुख अधिकारीका अनुसार दुवै आयोजनालाई आवश्यक पर्ने वन क्षेत्रको समेत जग्गा दुई महिनाभित्र उपलब्ध गराउन वन तथा भूसंरक्षण मन्त्रालय र भूमिसुधार मन्त्रालयलाई निर्देशन दिनेसमेत निर्णय भएको छ ।

 

तपाईको प्रतिक्रिया