Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ ।

विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारीसहित सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरु (अनरकी कन्सुलर) ले मुलुकको प्रतिष्ठा र इन्ज्जतको समेत ख्याल नगरी जथाभावी भिसा दिएको पाइएको हो । परराष्ट्र मन्त्रालयले विदेशी नियोगमा नियुक्ति हुनुपूर्व मातहतका कर्मचारीलाई नेपालले अवलम्बन गर्दै आएको भिसा नीतिका बारेमा जानकारी दिने गरेको छ । 

परराष्ट्रको गाइडलाइनलाई कर्मचारी र सरकारले नियुक्त गरेका कन्सुलरले कार्यान्वयन गरेको देखिँदैन । नेपाली भिसा दिँदा लापरबाही गर्ने नियोगमा वासिङटन डिसीस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास हङकङ, नयाँ दिल्लीस्थित नेपाली दूतावास, अष्ट्रेलिया क्यानबेरास्थित नेपाली दूतावास र बेईजिङस्थित नेपाली दूतावास छन् ।

यस्तै ढाकास्थित नेपाली दूतावास, जर्मनको कोलोन, इटलीको रोम र स्पेनको वार्सिलोनास्थित कन्सुलरले समेत भिसा दिँदा लापरबाही गरेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया