Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ दिन (तीन साता) को अल्टिमेटम दिएका छन् । 

त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार क्षेत्रभित्र पारेपछि डा. केसीले शनिबार विज्ञप्ति मार्फत यस्तो चेतावनी दिएका हुन् ।

त्रिविको पछिल्लो कदमले चिकित्सा विषयमा आधारभूत ज्ञान समेत नभएका पार्टी कार्यकर्ताबाट मेडिकल कलेजलाई दिने सम्बन्धन सिट संख्या र शुल्क निर्धारण गर्न खोजिएकोमा डा. केसीले आपत्ति प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया