Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न बाध्य थिए ।

बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो । अहिले अवस्था फेरिएको छ । नयाँ व्यवस्थाअनुसार अब अनलाइनबाट आवेदन गर्नेहरुले घरबाटै फारम भर्न सक्छन् । तर यो त्यति सजिलो भने छैन ।

मध्यरातिदेखि नै सेवाग्राहीले घरैबाट अनलाइन फारम दर्ता सुरु गर्छन् । बिहान उज्यालो हुँदा नहुँदै करिब ५ सय फारमको कोटा पूरा भइसक्छ ।

त्यसपछि पनि कुनै सेवाग्राहीले अनलाइन फारम दर्ता गर्ने प्रयास गरे कम्प्युटर स्क्रिनमा एउटा सन्देश देखा पर्छस् ‘आजका लागि अनलाइन दर्ता सीमा पूरा भएको छ, कृपया अनलाइन दर्ताका लागि भोलि भिजिट गर्नुहोला ।’

पुस ११ गतेबाट अनलाइन फारम दर्ता सेवा सुरु भएको भए पनि फारम भर्नैका लागि कार्यालयमा सबेरैदेखि लाम बस्नु पर्ने सेवाग्राहीको समस्या भने हटिसकेको छैन ।

रातिदेखि बिहानसम्म अनलाइन कोटा पूरा भई फारम भर्न नपाएका र अनलाइन फारममा पहुँच नभएकाहरुका लागि कार्यालयले लाइनमै बसेर फारम भर्ने हाते दर्ता प्रणाली सेवा पनि चालू नै राखेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया