Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ । 

भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुई पक्षीय सम्बन्ध रहेको उल्लेख छ । संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् ।

अध्ययन प्रतिवेदन बुधबारमात्र सार्वजनिक गरिएको हो । संस्थामा सिनियर फेलोका रुपमा कार्यरत जयश्री सेन गुप्ताले सार्कबारे तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेष गरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ ।

आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया