Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ –  पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलबीचको सहमतिबाटै संविधान संशोधन र निर्वाचन हुने बताउनुभएको छ ।

सदन खोल्ने सहमतिको वातावरण बनेको हो त भन्ने जिज्ञासामा सभापति देउवाले भन्नुभयो, “अब अनिश्चितकालका लागि संसद् बन्द गर्ने कार्य उचित होइन, एमाले पार्टीभित्रै पनि त्यसमा छलफल भइराखेको छ, निरन्तर संसद् अवरुद्ध हुँदा यसले संसदीय व्यवस्थामाथि नै प्रश्नचिह्न लाग्छ, प्रजातन्त्रका लागि लडेको र संसदीय व्यवस्थामा लामो समयसम्म काम गरेको पार्टीले अब सदन खोल्नु हुनेछ भन्ने मलाई विश्वास छ । ’’

उहाँले पछिल्ला भेटवार्तामा सदन खोल्ने सङ्केत पनि पाएका छौँ भन्दै अब २४ गते बस्ने संसद् बैठक सुचारु हुने विश्वास पनि व्यक्त गर्नुभयो ।  संविधान संशोधनमा सीमाङ्कनलाई थाती राखेर जान लागिएको हो त भनी अर्को प्रश्नमा उहाँले त्यस्तो होइन, परिमार्जन पनि हुँदैन र यही प्रस्ताव अगाडि बढ्ने जनाउनुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भन्नुभयो, “अहिले संसद्मा पेस गरेकै विधेयक पारित हुन्छ, जस्तो हामीले पेस गरेका छौँ, त्यसमा तलमाथि हुँदैन । ”

स्थानीय निकायको निर्वाचन गराउँदा संसद्को सबैभन्दा ठूलो पार्टी काँग्रेस नै स्पष्ट छैन, अबको चुनाव स्थानीय निकाय वा तह के को हुन्छ भन्दा सभापति देउवाले भन्नुभयो, “काँग्रेसको दृष्टिकोण भनेको अहिलेकै संरचनामा गर्दा निर्वाचन गर्न सजिलो हुन्छ, झन्झट पनि कम हुन्छ, ठाउँठाउँमा विवाद पनि अझै छन् भन्ने हो तर हाम्रो पार्टी जस्तोसुकै अवस्थामा पनि चुनाव हुनुपर्छ भन्ने चाहन्छ, त्यो तह वा निकायको किन होस् । ”

सभापति देउवाले आगामी माघ ७ भित्र होइन, आगामी मङ्सिरभित्रै स्थानीय, प्रदेशसभा र सङ्घको निर्वाचन भइसक्नुपर्छ, स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राष्ट्रियसभामा मतदान गर्ने हुनाले तीन तहकै निर्वाचन जरुरी भएको स्पष्ट पार्नुभयो ।

उहाँले तीनवटै निर्वाचनपछि मात्रै यो संविधान कार्यान्वयन भएको मानिन्छ भन्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन चैतमा नभएमा वैशाखमा हुने र निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न चाहिने चार महिना पनि उपलब्ध हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया