Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ ।

सीमांकन हेरफेर प्रस्ताव असंवैधानिक रहेको दाबीसहित संविधान संशोधन विधेयक छलफलका लागि रोक लगाउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार त्यस्तो आदेश जारी गर्नु नपर्ने फैसला गरेलगत्तै एमाले अवरोध खुलाउन लचक बनेको हो ।  

विकल्प नम्बर–१
एमालेले अदालतको निर्णयलाई सम्मान गर्दै प्रक्रिया अघि बढाउने स्पष्ट संकेतसँगै सीमांकन हेरफेरको प्रस्ताव भने असंवैधानिक प्रमाणित भएको दाबी गरेको छ । अदालतले समेत प्रदेशसभाको सहमति लिएर मात्रै प्रदेश सीमांकन हेरफेर गर्न मिल्ने, तर त्यो संसद्कै अधिकार रहेको भनिसकेपछि विवेक र्पुयाउन ध्यानाकर्षण गराएको दाबी सहित सो सम्बन्धी प्रस्तावको बुँदा हटाएर संसद्मा संशोधन विधेयक छलफल गर्न सकिने कुरामा जोड दिन सक्नेछ । सचिव प्रदीप ज्ञवालीले अदालतले सीमांकन हेरफेर असंवैधानिक रहेको पार्टीको अडानलाई अदालतको आदेशले स्थापित गरेकाले त्यसबाहेकका विषयलाई प्रक्रियामा लैजान तयार रहेको बताए ।

विकल्प नम्बर–२
विधेयकमाथि छलफल गर्ने र प्रक्रियामार्फत टुंग्याउने अधिकार संसद्को भएको अडानमा रहेको सरकारलाई अदालतको फैसलाले थप उत्साहित बनाएकाले अब फिर्ता गरेर एमालेको माग सम्बोधन हुने सम्भावना समाप्त भएको छ । अदालतको निर्णयले प्रक्रिया अघि बढाउन सहज बनेकाले एमालेले पूर्ववत् अडान परिवर्तन गर्ने स्पष्ट संकेत गरेको छ ।

त्यसैले विपक्षी मोर्चामा रहेका नौ दलीय एकता कायम राख्दै विधेयकलाई विफल पार्ने एमालेले सहज विकल्प रोज्न सक्ने सम्भावना बढेर गएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया